साफ यू–१७ महिला च्याम्पियनसिप खेल आज नेपाल र बंगलादेश खेल्दै

भदौ ८ काठमाडौं ।
भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप खेल आज नेपाल र बंगलादेश खेल्ने भएको छ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुने भएको छ। हालसम्म नेपाल र बंगलादेशले समान २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेका छन्।

नेपाल भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २–१ गोलअन्तरले हराएको थियो।

अगस्ट ३१ सम्म हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी भएका छन्।

हाल भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भएपनि गोल अन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *