पक्राउ परे श्रीलंकाका पूर्व राष्ट्रपति रनिल

भदौ ६ काठमाडौं ।
श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन्।

सन् २०२३ मा न्यूयोर्कमा भएको संयुक्त राष्ट्र महासभाबाट फर्कँदा विक्रमसिंघे आफ्नी पत्नीसमेतसँग निजी कामका लागि लण्डनमा रोकिदा उनको खर्च सरकारी कोषबाट खर्च व्यहोरेको आरोपमा पक्राउ परेका हुन्।

उनलाई सरकारी पैसा दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हो । बीबीसी हिन्दीले श्रीलंकन प्रहरीको हवाला दिंदै उनी पक्राउ परेको उल्लेख गरेको छ।

आरोप अनुसार उनलाई आज राजधानी कोलम्बोको मजिस्ट्रेट अदालतमा पेश गरिने जनाएको छ। विक्रमसिंघे सन् २०२२ देखि २०२४ सम्म श्रीलंकाको राष्ट्रपति रहेका थिए।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *