भदौं ४ काठमाडौं ।
निजी विद्यालयहरुले विद्यालय शिक्षा विधेयकमा कडाई गर्न लागेको भन्दै भोली देखि आन्दोलन गर्ने घोषणा गरेका छन्।
प्याब्सन र एन प्याब्सनले सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा निजी विद्यालयहरुलाई कडाई गर्न लागेको भन्दै आन्दोलनको कार्यक्रमको घोषणा गरेका हुन्।
विधेयकमा पूर्ण छात्रवृत्ति शब्द राख्न नहुने, पूर्ण छात्रवृत्ति दिन नसकिने, गैरनाफामूलक बनाउन नहुने, छात्रवृत्ति वितरण गर्दा अधिकार सम्बन्धित विद्यालयमा हुनुपर्ने, निजीका विद्यार्थीलाई मात्र उच्च शिक्षामा छात्रवृत्ति दिन नहुने लगायत माग प्याब्सन र एन प्याब्सनले राखेका छन्।
माग पूरा नभए निजी विद्यालयहरूले ९ भदौदेखि विद्यालय नै बन्द गरेर आन्दोलन गर्न लागेको जनाएको छ। आज गरेको संयुक्त पत्रकार सम्मेलनमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो।
Post Views: 10