भदौ ३ काठमाडौं ।
आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भएको छ।
जस अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा कायम भएको छ।
सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०९ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा, युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ९९ पैसा, बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा तोकिएको छ।
स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५५ पैसा कायम भएको छ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ३० पैसा र बिक्रीदर चार रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रुपैयाँ १४ पैसा तोकिएको छ।
त्यस्तै मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३३ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६० पैसा र बिक्रीदर १४ रुपैयाँ ६६ पैसा कायम भएको छ।
डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २१ रुपैयाँ ९३ पैसा, हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ५० पैसा र बिक्रीदर ४५८ रुपैयाँ ४६ पैसा छ।
बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ५३ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपैैयाँ २६ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ८१ पैसा र भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।