भदौ २ काठमाडौं ।
टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘डिजिटल पीसीआर’ मेसिन जडान भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरेको हो।
उक्त अत्याधुनिक मेसिन र सेवाग्राहीको सुविधाका लागि थप गरिएका दुईवटा ‘रिपोर्ट भेन्डिङ मेसिन’ को एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकार जनतासँग गरेका वाचा पूरा गर्न निरन्तर लागिपरेको बताएका छन्।
आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जडान गरिएको डिजिटल पीसीआर मेसिन हाल प्रयोगमा रहेको सामान्य पीसीआरभन्दा निकै परिष्कृत र संवेदनशील भएको जनाएको छ ।
प्रयोगशालाका निर्देशक डा. रञ्जन राज भट्टका अनुसार यसले रगत वा नमुनामा अत्यन्तै न्यून मात्रामा रहेको डीएनएलाई समेत सटीक रूपमा पहिचान गर्ने हुँदा रोगको निदान थप विश्वसनीय र प्रभावकारी हुने बताएका छन्।