भदौ २ काठमाडौं।
भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली सेनालाई विभिन्न सामग्री हस्तान्तरण गरेका छन्।
काठमाडौंस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक विशेष समारोहबिच नेपाली सेनालाई मेडिकल उपकरणहरु हस्तान्तरण गरेका हुन्।
भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले समारोहमा लाइट स्ट्राइक वाहन, क्रिटिकल केयर, मेडिकल उपकरण तथा सैन्य प्रयोजनका जनावर औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।
यस्तो सहयोगले दुई देशका सेनाबीचको घनिष्ठ सम्बन्ध र मजबुत रक्षा सहकार्यलाई प्रतिविम्बित गर्ने जनाइएको छ।
Post Views: 15