भदौ १ काठमाडौं ।
पाकिस्तानमा भीषण बाढी पहिरो गएको छ।
पाकिस्तानमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३२ पुगेको जनाएको छ।पाकिस्तानी अनलाइन द डनको अनुसार खैबर पख्तुनख्वा प्रान्तमा क्लाउड ब्रस्ट हुँदा आएको बाढीले हालसम्म ३३२ जनाको ज्यान लिएको जनाएको हो।
भारी वर्षा र बादल फुटेर आएको बाढीका कारण एकैदिन २०० भन्दा बढीले ज्यान गुमाएका थिए। प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का अनुसार सबैभन्दा बढी प्रभावित बनेर जिल्ला लगायत अन्य क्षेत्रमा थप मानवीय क्षति पुष्टि भएसँगै मृतकको संख्या बढेको जनाएको हो।
बढिको क्षतिले भयावह अवस्थालाई मध्यनजर गर्दै खैबर पख्तुनख्वा सरकारले सबैभन्दा बढी प्रभावित जिल्लाहरू– बुनेर, बाजौर, स्वात, शाङ्ला, मानसेहरा, तोरघर, अपर तथा लोअर दीर र बट्टाग्राममा संकटकाल घोषणा गरेको छ।
पाकिस्तानी सरकारले जारी गरेको सूचना अनुसार संकटकाल अगस्ट ३१ सम्म लागू हुनेछ र सम्बन्धित जिल्लाका स्थानीय प्रशासनलाई राहत कार्यका लागि सबै स्रोत परिचालन गर्न अधिकार दिइएको छ।