भदौ १ काठमाडौं ।
युएईको जेलमा रहेका नेपालीहरुलाई कैद मिनाहा हुने भएको छ।
युएईको जेलमा विभिन्न कसुर जेल सजाय भोगिरहेको १२० जना नेपालीकहरुले कैद मिनाहा पाँउने भएका हुन्।
संयुक्त अरब इमिरेट्स (युएई) ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीहरुलाई इस्लाम धर्मावलम्बीको महान् पर्व ईद अल–अदाहका अवसरमा १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी प्रदान गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासले जारी गरेको विज्ञप्तिले ‘नेपालीहरूको कैद सजाय मिनाहा गरिएकामा नेपाली दूतावास, अबुधावीले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गरेको छ।’,
Post Views: 19