साउन ३० काठमाडौं ।
आज कांग्रेसका पाँच मन्त्री नियुक्त भएसँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ।
प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज पाँच मन्त्री नियुक्त गर्दै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।
नव नियुक्त पाँच जनालाई सामाजिक विकास, आर्थिक मामिला, युवा खेलकुद, संस्कृति पर्यटन र सहकारी मन्त्रालयमा नियुक्त गरेका छन्।
नव नियुक्त हुँने मन्त्रीहरूमा सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेल छन्।
Post Views: 7