साउन ३० काठमाडौं।
भारतीय दूतावासले काठमाडौंमा ७९ औं स्वतन्मत्रता दिवस मनाएको छ।
काठमाडौंस्थित भारतीय दूतावासमा भारतीय राजदूतले कार्यक्रमको सुरुवात झण्डा फहराएउँदै ७९औँ स्वतन्त्रता दिवस मनाएको हो।
दूतावासले नेपालका सातै प्रदेशका २१ जिल्लामा रहेका ३९ शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान दिने घोषणा गरेको छ।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन प्रस्तुत गरियो जसमा विगत ७८ वर्षमा भारतले गरेका उल्लेखनीय प्रगतिहरूको चर्चा गरिएको थियो।
कार्यक्रमको अवसरमा राजदूतले भारतीय सशस्त्र बलका दिवङ्गत सदस्यका पत्नी तथा निकटतम नातेदारलाई सम्मान गर्दै कुल नेरु ६.४ करोडको आर्मी ग्रुप इन्स्योरेन्स फन्डको चेक हस्तान्तरण गरेका छन्।
Post Views: 5