साउन २९ काठमाडौं ।
बिहीबार २.६२ अंकले बढेर नेप्से परिसूचक २७८८ अंकमा पुगेको छ।
सेयर कारोबार ७ अर्ब ४६ करोड पुगेको छ। भने विकास बैंक ०.१६ प्रतिशत, लगानी ०.१७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५७ प्रतिशत, अन्य १.८० प्रतिशत र व्यापार ०.९७ प्रतिशत बढ्यो।
नेपाल रिपब्लिक मिडियाको मूल्य १० प्रतिशत, पन्चकन्या माइ हाइड्रोपावरको ५.५६ प्रतिशत, राधि विद्युतको ४.४३ प्रतिशत तथा अपर स्याङ्गे हाइड्रोपावरको ४.२२ प्रतिशत मूल्य बढ्यो।
बैंकिङ ०.५५ प्रतिशत, फाइनान्स ०.५३ प्रतिशत, होटल तथा पर्यटन ०.१० प्रतिशत, हाइड्रोपावर ०.२० प्रतिशत, जीवन बीमा ०.०५ प्रतिशत, माइक्रोफाइनान्स ०.१२ प्रतिशत र निर्जीवन बीमा ०.२२ प्रतिशत घट्यो।
त्यस्तै नेपाल बैंकको मूल्य सबैभन्दा धेरै ५.९१ प्रतिशत, सिटी होटलको ३.१६ प्रतिशत र नेपाल एसबीआई बैंकको २.८० प्रतिशत घट्यो।
Post Views: 16