एमसिसीको आयोजना अघि बढाउन दुईवटा प्रमुख सम्झौतामा हस्ताक्षर

साउन २९ काठमाडौं ।
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को आयोजना अघि बढाउन प्रमुख दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ।

संयुक्त राज्य अमेरिकाको आर्थिक सहयोगमा सञ्चालित एमसिसीको स्थानीय निकाय मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल) ले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामार्फत दुई कम्पनीसँग ठेक्का सम्झौता गरेको हो।

सम्झौत भएका आयोजनाहरुमा नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि वाइब–सलासर संयुक्त उपक्रमसँग र रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एञ्जेलिक–स्किपर संयुक्त उपक्रमसँग सम्झौता भएको जनाएको छ।

कुल लागत १५ करोड ४५ लाख अमेरिकी डलर हालको विनिमयदर (१ डलर बराबर १४० रुपैयाँ) अनुसरा २१ अर्ब ६३ करोड रुपैयाँ हुन आउने लागतमा निमार्ण हुने उक्त आयोजना सम्झौता अन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनको डिजाइन,स्थापना परिक्षण र सञ्चालन गरिने भएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालयका सचिव, नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरू, एमसिसीका कार्यवाहक उपाध्यक्ष र नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरूको उपस्थिति थियो।

निमार्ण सम्पन्नका लागि ४२ महिनाको ठेक्का दिइएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *