साउन २९ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा जाने भएका छन्।
प्रधानमन्त्री स्रोतको अनुसार ओली शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन जान जागेको जनाएको छ।
चीनको बेइजिङमा भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा हुँने सम्मेलको उद्धघाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्ने जनाएका छन्।
चीनमा आयोजना हुँने शांघाई सहयोग संगठन (एससीओ)को चीनसहित काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, इज्वेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस देशहरु सदस्य रहेका छन्।
शिखर सम्मेलनमा सहभागी हुन भारत सहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुखहरु पनि सहभागी हुँने जनाएका छन्।
Post Views: 114