राज्य व्यवस्था तथा सुशासन समिति सभापति खतिवडाले दिए राजीनामा

साउन २७ काठमाडौं ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन्।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले राजीनामा दिएको घोषणा गरेका छन्। राज्य व्यवस्था समिति बाट पारित भएको कुलिङ पिरियड विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको भन्दै विवादमा परेका खतिवडाले राजीनमा दिएका हुन्।

प्रतिवेदन आइसकेपछि सभापति खतिवडा समेत जिम्मेवार रहेको भनेर प्रश्न उठिरहेका बेला खतिवडाले राजीनामा दिएका छन्।

राजीनामा दिँदै सरकारी कर्मचारीलाई अवकाश लगत्तै संवैधानिक, कूटनीतिक नियुक्ति दिन नहुने यसो गर्दा सरकारको कामकारबाही प्रभावित हुने तथा भविष्यमा पाउने पदका लागि कर्मचारी रहँदै गलत कार्य हुन सक्ने बताएका थिए।

सर्वसम्मत रुपमै सरकारी कर्मचारीका लागि दुई वर्ष कुलिङ अफ पिरियडको प्रावधान राखिएको बताएका छन्। आफू राजनीतिको सिकार हुन पुगको कतिपय बेला नगरेको गल्तीसमेत बेहोर्नुपर्ने अवस्थामा पुग्न सक्ने र आफूमाथि त्यस्तै भएको बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *