साउन १७ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६ अंक कायम भएको छ।
६ अर्ब ९१ करोडको कारोबार भएको छ । भने सिटी होटलको मूल्य १० प्रतिशत, होटल तथा पर्यटन समूह १.३२ प्रतिशत, समाज लघुवित्तको ४.३४ प्रतिशत र कालिका पावरको २.३७ प्रतिशत बढ्यो।
सिक्लेस हाइड्रोपावरको मूल्य १० प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ८ प्रतिशत, लक्ष्मी लघुवित्तको ६.१४ प्रतिशत घट्यो।
त्यस्तै बैंकिङ ०.९४ प्रतिशत, विकास बैंक ०.७६ प्रतिशत, फाइनान्स १.५३ प्रतिशत, हाइड्रोपावर १.२६ प्रतिशत, लगानी ०.६६ प्रतिशत र जीवन बीमा १.०६ प्रतिशत घट्यो।
उत्पादन तथा प्रशोधन १.०० प्रतिशत, माइक्रोफाइनान्स १.४९ प्रतिशत, निर्जीवन बीमा ०.८१ प्रतिशत, अन्य ०.६२ प्रतिशत र व्यापार ०.८६ प्रतिशत घट्यो।
Post Views: 3