साउन २७ काठमाडौं ।
नेपालले भारतलाई थप २०० मेगावाट बिजुली निर्यातका लागि सहमति गरेको छ।
विद्युत प्राधिकरणको अनुसार भारत सरकारले नेपाल बाट थप २०० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको जनाएको छ।
यस अघि नेपाल बाट ८१०.९ मेगावाट विद्युत निर्यात हुदै आएकोमा सहमति अनुसारम अब थप भएर १०११ मेगावाट विद्युत भारत निर्यात हुने भएको छ।
नेपाले बंगलादेशमा पनि ४० मेगावाट विद्युत निर्यात गरिरहेको हिसाबले नेपालको विद्युत निर्यातको कुल स्विकृति १०५०.९ मेगावाट पुगेको छ।
अहिले स्वीकृति प्राप्त २ सय मेगावाट विद्युत निर्यातको अनुमति ३१ अक्टोबरसम्म कायम रहने प्राधिकरणले जानकारी दिएको छ।
गत आर्थिक वर्ष ०८१, ८२ मा नेपालले भारत विद्युत निर्यात गरेर १७ अर्व ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो।
Post Views: 10