साउन २७ काठमाडौं ।
आज दिउँसो १ बजो प्रतिनिधिसभा र १ : १५ बजे राष्ट्रियसभाको बैठक बस्दै छ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०,८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ राष्ट्रियसभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।
Post Views: 8