साउन २५ काठमाडौं ।
रसुवा बाढी पहिरोका कारण क्षतिको बीमा दाबी ९८ करोड बढी पुगेको जनाएको छ।
गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी रकम रु. ९८ करोड ५९ लाख ८२ हजार बराबर पुगेको जनाएको हो।
साउन २२ गतेसम्म संकलन भएको कुल बीमा दाबी ७८ पुगेको त्यसमा सम्पत्ति बीमा, सामुद्रिक बीमा नौ, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम पाँच मोटर बीमा (निजी) १६ र मोटर बीमा (सार्वजनिक) ४२ वटा बिमा दाबी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
नेको इन्स्योरेन्समा पाँच करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा दुई करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा ९१ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्स कम्पनीमा ४७ लाख, सिद्धार्थ प्रिमियरमा ३१ लाख र प्रभु इन्स्योरेन्समा २८ लाख बराबरको बीमा दाबी छ।
पहिमालयन एभरेष्टमा रु ५५ करोड, शिखर इन्स्यारेन्स कम्पनीमा रु १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्यारेन्स कम्पनी रु आठ करोड ७३ लाख तथा सानिमा जिआइसीमा ६ करोड ८४ लाख ८२ हजार बराबरको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ।