साउन २३ काठमाडौं ।
युद्ध समाप्त गर्न इजरायलले गाजा कब्जा गर्न घाेषणा गरेकाे छ।
इजरायली प्रधानमन्त्री कार्यालयले गाजा नियन्त्रण लिएर युद्ध अन्त गर्ने पाँचबुँदे रणनीति सार्वजनिक गरेको पुष्टि गरेको छ।
झन्डै दुई वर्षको बिचमा ६२ हजार भन्दा बढी प्यालेस्टाइनी नागरिकको हत्या गरेको इजरायली सत्ताले गाँजा नियन्त्रणमा लिन प्रधानमन्त्री नेतन्याहुको प्रस्तावलाई सुरक्षा क्याबिनेटले बहुमत बाट पारित गरेको जनाएको छ।
युद्ध समाप्त गर्नका लागि हमासको निःशस्त्रीकरण, सबै बन्धकको जीवित वा मृतकको रूपमा समाप्ति, गाजामा इजरायलले सुरक्षा नियन्त्रण, गाजाको विसैन्यकरण र हमास वा प्यालेस्टाइनी प्राधिकरणमुक्त वैकल्पिक नागरिक सरकारको प्रस्ताव स्वीकृत गरेको छ।
Post Views: 7