साउन २३ काठमाडौं ।
विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन गर्ने देशमा चीन बनेको छ।
सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य प्रकारका प्लास्टिकमध्ये दुई तिहाइ प्लास्टिक उत्पादन गर्ने देशमा चीन रहेको तथ्यांकले देखाएको छ।
प्लास्टिक उत्पादन गर्ने देश मध्ये ६ वटा मुलुकको उत्पादन गर्ने सामान्य बराबर प्लास्टिक चीन एक्लैले उत्पादन गर्ने गरेको तथ्यांकले जनाएको छ। विश्वका १८४ देशले प्लास्टिक प्रदुषणको समस्या समाधान गर्न सन्धिको वार्तामा संलग्न छन्।
बेलायती वातावरणीय परामर्शदाता ‘युनोमिया’ र जलवायु तथा ऊर्जा अनुसन्धान समूह ‘जिरो कार्बन एनालिटिक्स’ले विश्वका सात वटा देशले सामान्य प्रकारका प्लास्टिकको दुई तिहाइ हिस्सा उत्पादन गरेको जनाएका छन्।
विश्वका १८४ देशले जेनेभामा प्लास्टिक प्रदुषणको समस्या अन्त्य गर्ने उद्देश्यले पहिलो पटक भएको सन्धिको वार्तामा साझा आधार खोज्ने प्रयास गरिरहेका बेला यो तथ्यांक सार्वजनिक गरिएको हो।
पोलिथिलीन (पिई), पोलिप्रोपाइलीन (पिपी), पोलिथिलिन टेरेफथलेट (पिइटी) र पोलिस्टिरिन (पिएस) सामान्यतया पेय बोतलहरूमा प्रयोग गरिन्छ। सन् २०२१ मा विश्वका १८ वटा कम्पनीले मात्र विश्वको आधाभन्दा बढी प्लास्टिक पोलिमर उत्पादन गरेका छन्।