कैलाश–मानसरोवर दर्शन गर्ने भारतीय बढे

साउन २२ काठमाडौं ।
कैलाश–मानसरोवर दर्शन गर्ने भारतीय नागरिक बढेका छन्।

कैलाश–मानसरोवर दर्शन गर्ने तीर्थयात्रीले हुम्ला सदरमुकाम सिमिकोट, हिल्सा र नेपालगन्जको होटलहरु असोज दोस्रो सातासम्मका लागि बुकिङ भएको जनाएको छ।

कैलाश–मानसरोवर रुट खुल्नासाथ भारतीय तीर्थयात्रीको चाप बढेको छ। भने सिमकोट विमानस्थलमा दैनिक ५ देखि ८२ वटासम्म उडान भइरहेको छ।

यस वर्ष भारतीय तीर्थयात्रीको चाप बढेपछि दैनिक ५ देखि ८२ वटासम्म उडान हुने गरेकाे छ । भने सिमकोट विमानस्थलमा ५ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाको अनुसार अहिलेसम्म मानसरोवर आउने तीर्थयात्री २ हजार ९ सय ९८ जनाले मानसरोवर दर्शन गरेको जनाएको छ। भारतीय तीर्थयात्रीको आगमनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ।

कोरोना महामारीका कारण चीनले झण्डै चार वर्ष कैलाश–मानसरोवर तीर्थयात्रा बन्द गरेको थियो। हुम्लाको रुट कैलाश–मानसरोवर पुग्ने सबैभन्दा छोटो रुट भएकाले तीर्थयात्रीको आकर्षण बढिरहेको हुम्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नाम्ग्याल तामाङले बताएका छन्।

कैलाश यात्राका लागि सडक मार्गबाट काठमाडौं–केरुङ, हवाई, सडकमार्ग बाट काठमाडौं–ल्हासा, सडक मार्ग हुँदै भारतको उत्तराखण्ड–लिपुलेख पास र सडक मार्गबाटै सिक्किम हुँदै नाथुला रुट भएर जान सकिन्छ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *