रास्वपा सभापति रविले थुनामुक्त गर्न माग गर्दै रुपन्देही अदालतमा दिए निवेदन

साउन २२ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्तको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्।

सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरणको अभियोगमा थुनामा रहेका रविले थुनामुक्त गर्न माग गर्दै अदालतमा निवेदन दिएका हुन्।

आज रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका छन्।

निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ मा अदालतले धरौट, जमानत वा बैंक जमानत लिई तारिखमा राख्न सक्ने व्यवस्था अनुसार थुनामुक्त गर्न माग गरेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *