राष्ट्रपति पौडेल द्धारा म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रवीन्द्र ढाँट सम्मानित

साउन २१ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल द्धारा भारतमा भएको म्याट्रिक्स फाइटर नाइटल विजेता रवीन्द्र ढाँट सम्मानित भएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा भएको स्वागत कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले रवीन्द्र ढाँटको सम्मान गरेका हन्।

सम्मानको क्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास, खेलाडीको सम्मान गर्न तथा खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्ने सरकारले ध्यान दिनुपर्ने बताएका छन्।

देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरुले किर्तिमान र सफलता हासिल गर्न सक्ने बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *