कोरोना महामारीपछि खुल्यो हुम्लाको टाँके नाका

साउन २१ काठमाडौं ।
कोरोना महामारीपछि हुम्लाको टाँके नाका खुलेको छ।

चंखेली गाउँपालिका–५ स्थित चिन र नेपाल सीमा नाका ७ वर्षपछि १५ दिनका लागि हुम्लाको डोन्मो थिङ–थिङ नाका खुलेको हो।

परम्परा देखि खुलिरहने डोन्मा थिङ–थिङ नाका कारोना महामारीपछि बन्द हुदाँ स्थानीय सदरमुकाम सिमकोट र अन्यत्र धाउन स्थानीय बाध्य भएका थिए। गत वर्ष हुम्लाको डोन्मा थिङ–थिङ नाका नखुलेपछि मुगु जिल्लाको नाक्चेनाग्ला हुँदै चीन गएको बताएका छन्।

चंखेली गाउँपालिका–५ नेप्का गाउँका स्थानीयलाई नाका १५ दिनका लागि खुल्दा दैनिक उपभोग्य वस्तु ल्याउन सहज हुने स्थानीयले बताएका छन्।

स्थानीयबासीहरू दुईदिनको पैदलपछि सरदमुकाम सिमकोट आई अस्थायी सीमापास लिएर चीनको तिब्बत जाने गर्न थालेको चंखेली गाउँपालिका–५ नेप्का गाउँकापालीकाले जनाएको छ।

महामारी पहिला सीमा पास (अनुमति पत्र) बिनै आउजाउ गर्न सक्ने भए पनि हकोराना महामारीपछि सीमा पास खोज्न थालेको बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *