इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको तयारी

साउन २० काठमाडौँ ।
सरकारले २०८२ असोज १ गते देखि लागू हुने गरी इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ।

प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरू बाट सवारी दर्ता, नामसारी, नवीकरण गर्दा सोको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय तथा ट्राफिक प्रहरी समेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकको निर्णय गरेको जनाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले निर्णय गरेको हो। बैठकले असोज १ गते देखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको जनाएको छ।

संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ को दफा २२ अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *