साउन २० काठमाडौं ।
महाकाली नदीमा पानीको जलसतह खतरा तह पार गरेको छ।
प्रहरी स्रोतको अनुसार नदीमा पानीको बहाव बढेर खतराको सतह नाघेपछि आज बिहान देखि नै त्यस क्षेत्रमा चार पाग्रे साधनको आवागमनमा रोक लगाईएको जनाएको छ।
आज बिहान पानीको सतह बढेर एक लाख २४ हजार क्युसेक पुगेपछि सवारीसाधन आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले जानकारी दिएका छन्।
तराईमा ठूलो वर्षा नभए पनि पहाडी क्षेत्रमा निरन्तर वर्षा हुँदा महाकालीमा जलसतह बढेको हो। महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक पुगेपछि खतरा मानिन्छ।
Post Views: 5