युक्रेन युद्धलाई भारतले मस्कोबाट तेल किनेर सहयोग गरेको ट्रम्पको आरोप

साउन २० काठमाडौं ।
युक्रेन युद्धलाई भारतले मस्को बाट तेल किनेर सहयोग गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन्।

भारतले मस्को बाट तेल खरिद गरेर युक्रेनमा रुसी युद्धलाई आर्थिक सहयोग गरेको आरोप अमेरिकाले लगाएको हो।

अन्तराष्ट्रिय सञ्चारमाध्यहरुका अनुसार ट्रम्प प्रशासनले रुसबाट ऊर्जा आयात कटौती गर्न नयाँदिल्ली माथि दबाब बढाइरहेका वेला सहयोग गरेको आरोप लगाएको जनाएको छ।

भारतले रुस बाट तेल खरिद गरेर युद्धलाई आर्थिक सहयोग जारी राख्नु स्वीकार्य नभएको ह्वाइट हाउसका डेपुटी चिफ अफ स्टाफ र ट्रम्पका सबैभन्दा प्रभावशाली सहयोगीमध्ये एक स्टिफन मिलरले फक्स न्युजसँगको एक अन्तर्वार्तामा उल्लेख गरेका छन।

सन् २०२२ मा युक्रेन युद्ध सुरु हुनु अघि नयाँदिल्लीले आफ्नो तेलको एक प्रतिशत मात्र रुस बाट आयात गरेको थियो।अमेरिकाको बढ्दो दबाबबिच भारतले रुसबाट तेल र हतियार खरिदलाई निरन्तरता जारी राखेमा थप जरिवाना लगाइने धम्की पनि दिएको जनाएको छ।

भारत चीनपछि रुसी तेलको दोस्रो ठुलो खरिदकर्ता हो र यसको ३० प्रतिशतभन्दा बढी इन्धन मस्कोबाट प्राप्त हुन्छ।नयाँदिल्लीको तेल खरिदका कारण पश्चिमा प्रतिबन्धबिच क्रेमलिनलाई राजस्व संकलनमा सहयोग पुगेको छ।

रुसी तेलको छुट थप बढेसँगै इन्डियन आयल कर्पोरेसन लिमिटेड (आइओसी), भारत पेट्रोलियम कर्पोरेसन लिमिटेड (बिपिसिएल) र हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपिसिएल)जस्ता भारतीय सरकारको स्वामित्वमा रहेका रिफाइनरले रुसी तेलको खरिद जारी राखेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *