साउन १९ काठमाडौं ।
गोसाइँकुण्डमा स्नान गर्न जाने भक्तजनहरु बढेका छन्।
समुन्द्र सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको रसुवामा रहेको पौराणिक एवं धार्मिक कुण्डमा स्नान तथा पुजा गर्ने भक्तजनहरु बढेका हुन्।
अहिले पुत्रदा एकादसी पर्वका अवसरमा पवित्रतीर्थ गोसाइँकुण्ड स्नानका लागि सयौ भक्तजन सुलाद्री पर्वतको आरोहण गरिरहेका छन्।
एकादसी पर्वदेखि जनैपूर्णिमाको दिनसम्म विशेष पर्वको अवसरमा निलाद्री पर्वतमा रहेको शिव मुर्तिमा दर्शन गर्ने चलन छ।
यस वर्ष पुर्णिामाको दिनसम्म १५ हजार तिर्थालुले गोसाइँकुण्ड स्नान गर्ने अनुमान गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले जानकारी दिएका छन्।
गोसाइँकुण्ड जाने सबै तीर्थयात्रुको सुरक्षाका लागि बेत्रावतीदेखि गोसाइँकुण्डसम्म सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताएका छन्।