जुम्लाको धिमीचौर पछिल्लो समय आन्तरिक पर्यटकीय गन्तव्य बन्दै

साउन १८ काठमाडौं ।
जुम्लाको धिमीचौर पछिल्लो समय आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गएको छ।

जुम्लाको चन्दननाथ नगरपालिका–४ मा रहेको धिमीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको हो ।
धिमीचौरको पाटनमा फूलेका फूलहरूको सुगन्ध लिने, रमणीय वातावरणसँग रमाउने र मनोरम दृश्यावलोकनका लागि पर्यटन आकर्षित हुँदै गएका छन्।

स्थानीय सरकारले धिमीचौर प्रचारप्रसार गर्ने, पर्यटकीय गतिविधि सञ्चालन, पर्यटन प्रवद्र्धन लगायत क्षेत्रलाई महत्त्व दिएर काम गरिरहेकोले पर्यटक बढ्दै गएको बताएका छन्।

सदरमुकाम खलङ्गाबाट करिब एक घण्टाको पैदल यात्रामा पर्ने धिमीचौर आन्तरिक पर्यटकको चहलपहल बढ्दो रहेको स्थानीयले बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *