आज संघीय संसद दुई समितिको बैठक बस्दै

साउन १८ काठमाडौं ।
आज संघीय संसद दुई समितिको बैठक बस्दै छ।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको भूमिसम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ।

समितिको बैठकले भूमिहीन दलित, अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासीसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, वन तथा वातावरण मन्त्रालयसँग रहेका सम्बन्धित सम्पूर्ण विवरण तथा हालसम्म वितरण गरिएका जग्गाको तथ्यांक र अब उपलब्ध गराइने जग्गाको योजना सम्बन्धमा छलफल गरिने सूचनामा उल्लेख गरेको छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरातत्व विभागसँग ग्यालरी बैठकको पुरातात्विक सम्पदाको संरक्षणका बारेमा छलफल हुने समेत जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *