चितवन राष्ट्रिय निकुञ्जले छाड्यो राप्ती नदीमा १३३ गोही

.साउन १५ काठमाडौं ।
चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा १३३ गोही छाडेको छ। चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएको १३३ गोही राप्ती नदीमा छाडेको हो।

यस आर्थिक वर्षमा २०९० गोही प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीहरूमा छाडिएको छ। भने सबैभन्दा बढी राप्तीमा १३३५ गोही छाडिएका छन्।

सबैभन्दा बढी राप्तीमा १३३५, नारायणीमा ४१९, सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही छाडिएको छ।

अहिले छाडिएको गोहि मध्ये दुईवटा भाले र अन्य पोथी छन्। गत अर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडिएको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *