साउन १४ काठमाडौं ।
रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। मेरिकी भौगर्भिक सर्वेक्षण संस्थानको अनुसार भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको जनाएको हाे।
जापान, हवाई र अलास्काका केही भागमा पनि सुनामीको पूर्वसूचना जारी गरिएको र रुसी टापु साखालिनका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (८५ माइल) टाढा र १९ किलोमिटर गहिराइमा गएको हो।
रुसको काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै त्यहाँका गभर्नर भ्लादिमिर सोलोदोभले स्थानीय बासिन्दालाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन्।
जापानको मौसम विज्ञान एजेन्सीले पनि जापानका तटीय क्षेत्रहरूमा १ मिटर अग्लोसम्म छाल आउन सक्ने भन्दै सतर्कताको सूचना जारी गरेको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ।