कृषि विकास कार्यालयले गर्यो जुम्लाका किसानलाई काँचो स्याउ नटिप्न आग्रह

साउन १३ काठमाडौं ।
कृषि विकास कार्यालयले जुम्लाका किसानलाई काँचो स्याउ नटिप्न आग्रह गरेको छ। कार्यालयले सार्वजनिक सूचनामार्फत भदौ १५ पछि मात्र स्याउ टिप्न आग्रह गरेको हो।

काँचो स्याउ टिप्दा स्वाद, गुणस्तर र पौष्टिकता सबैमा असर पर्न भएकाले दीर्घकालीन ‘ब्रान्ड’ र बजार मूल्यमा समेतमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै जिल्लाका आठवटै स्थानीय तहका कृषि शाखा र स्थानीयवासीहरुलाई सूचनामार्फत जानकारी दिएको कार्यालयले जनाएको छ।

जुम्ला जिल्लामा १८ हजार घरपरिवार मध्ये १६ हजारले ४ हजार हेक्टरमा स्याउ खेती गर्छन्। समय अगावै काँचो स्याउ टिपेमा किसान र व्यापारी दुवैलाई कानुनी कारबाही गरिने प्रमुख रामभक्त अधिकारीले बताएका छन्।

परिपक्व र स्याउको रङ्ग ७० प्रतिशतभन्दा माथि भइसकेपछि मात्रै बिक्री गर्न किसानलाई निर्देशन गरिएको प्रमुख अधिकारीले बताएका छन्।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *