साउन १३ काठमाडौं।
अमेरिकाले लगाएको कर वृद्ध बारे चीन र अमेरिकाको उच्च अधिकारीहरुबीच वार्ता भएको छ।
विश्वभरका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि लागू गर्ने गरी ल्याएको कर नीति संयुक्त राज्य अमेरिका र चीनका उच्च आर्थिक अधिकारीहरू बीच वार्ता भएको जनाएको हाे।
विश्वका शीर्ष दुई अर्थतन्त्र भएका मुलुकबीच स्विडेनको राजधानी स्टकहोममा हुने वार्ता दुई दिनसम्म चल्ने बताइएको छ। सोमबार मात्रै ईयूसँग नयाँ सम्झौता गरेको अमेरिकासँग अन्य देशहरू पनि कर सम्झौतालाई अन्तिम रूप दिन तयार रहेको बताएको छ।
ब्राजिल र भारतजस्ता साझेदारलाई समेत अमेरिकामा आयात हुने कर दरमा १० प्रतिशतको ‘आधारभूत’ दरबाट ५० प्रतिशतसम्म कर बढ्ने सम्भावना रहेकाे छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसहितको प्रतिनिधिमण्डलले स्विडेनमा उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा रहेको चिनियाँ टोलीसँग भेट्दा सबैका आँखा वासिङ्टन र बेइजिङबीचको वार्तामा केन्द्रित हुने देखिएको छ।
अप्रिलमा दुवै देशले एकअर्काका उत्पादनमा एकपछि अर्को गर्दै तीन अंकसम्मको कर वृद्धि गरेपछि भन्सार युद्ध चर्कने अनुमान गरिएको थियो।
अमेरिकाले अस्थायी रूपमा ३० प्रतिशतसम्ममा कर झारेपछि चीनले पनि प्रतीकारात्मक रूपमा १० प्रतिशतमा झारेको थियो।