साउन १३ काठमाडौं ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या बढेको छ।
निकुञ्जले गरेको गणना अनुसार पाटे बाघको संख्या ४३ पुगेको जसमा २१ भाले, १९ पोथी र ९ वयस्क पाटे बाघ रहेको तथ्याङ्क सार्वजानिक गरेको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अनुसार विश्व बाघ दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रममा बाघ अनुगमनको नतिजा सार्वजनिक गरेको छ।
निकुञ्जले २०८१ कार्तिक १८ देखि पौष १० सम्म सञ्चालन गरिएको विस्तृत अनुगम बाट उक्त नतिजा प्राप्त भएको जनाइएको हो।
फिल्डमा खटिएका प्राविधिकहरुले प्रत्यक्ष देखेका तर क्यामेरामा कैद नभएका थप ३ वटा बाघलाई समेत जोडेर कुल बाघको संख्या ४३ रहेको सार्वजनिक गरेको छ।
गणना नेपाल सरकारले जारी गरेको बाघ तथा आहारा प्रजातिको अनुगमन प्रोटोकलमा आधारित रहेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, जेडएसएल नेपाल, हिमालयन नेचर लगायतका संस्थाहरूको संयुक्त आयोजनामा भएको कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत, संरक्षणकर्मी, नेपाली सेना, विभिन्न सहयोगी संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको जनाएको छ।