साउन १२ काठमाडौं।
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण नहुँदा प्रदेश र संघद्धारा विनियोजित रकम फिर्ता भएको छ।
निर्माण व्यवसायीले गत आर्थिक वर्षभित्र गर्नुपर्ने काम पुरा नभएपछि रु. १० करोड ५४ लाख ३० हजार १७० फिर्ता भएको जनाएको छ। व्यवसायीले गत आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि रु १० करोड ५४ लाख ३० हजार १७० फिर्ता भएको हो।
महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार सङ्घीय सरकारले रु २५ करोड निकासा गरेकामा रु १७ करोड ६५ लाख ६९ हजार आठ सय ३० मात्रै खर्च भएको र बाँकी रु सात करोड ३४ लाख ३० हजार एक सय ७० फिर्ता भएको जनाएको हो।
रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारको ७० प्रतिशत र ३० प्रतिशत भरतपुर महानगरपालिकाले बेहोर्ने सम्झौता छ । सङ्घीय सरकारले महानगरपालिकाको तर्फबाट गरिने खर्चमा रकम दिएको थियो।
हिमालयन–कालिञ्चोक–बिबिआर ज्वाइन्टभेञ्चरले विसं २०८१ असार २३ गते रु ७८ करोड ५० लाख ९१ हजारमा निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार विसं २०८३ पुस २२ गतेभित्र रंगशाला निर्माण सम्पन्न गरिसक्नुपर्ने छ।