साउन १२ काठमाडौं ।
टर्कीले गाजाप र एनईबी–२ घोष्ट नामक शक्तिशाली गैर–आणविक बम सफलतापूर्वक परीक्षण गरेको छ।
टर्कीले गाजाप र एनईबी–२ घोष्ट नामक बम टर्कीको रक्षा मन्त्रालयको अनुसन्धान तथा विकास (आएण्डडी) केन्द्रले डिजाइन गरेको जनाएको छ।
जुलाई २६–२७ मा इस्तानबुलमा आयोजित १७ औं अन्तर्राष्ट्रिय रक्षा उद्योग मेला (आईडीईएफ) २०२५ मेलाको क्रममा टर्कीले बमको परीक्षण गरेको जनाएको छ।
बमको परीक्षण गरेको भिडियोहरु सामाजिक संजालमा सार्वजानिक गरेको हो। दुबै बमहरूको तौल ९७० किलोग्राम रहेको उक्त बमहरू एफ–१६ लडाकु विमानबाट खसाल्न सकिने उल्लेख गरेको छ।
टर्कीको रक्षा मन्त्रालयले दुबै बमको सबै परीक्षण पूरा भएको र अब यो प्रयोगको लागि तयार भएको बताएको छ।
Post Views: 5