साउन ११ काठमाडौं ।
नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि नयाँ बजेट निर्माण गरेको छ।
बोर्डले पर्यटक आगमन १५ प्रतिशत वृद्धि गर्ने लक्ष्य राख्दै नयाँ बजेट निर्माण गरेको हो। आर्थिक वर्ष २०८२,०८३ का लागि नयाँ कार्यक्रमका लागि १ अर्ब ५९ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
त्यस्तै पर्यट बाट हुने आयमा समेत कम्तीमा १५ प्रतिशतको वृद्धि हासिल गर्ने लक्ष्य राखेको जनाएको छ। चालु आर्थिक बर्षमा नेपाललाई एक आकर्षक र सुरक्षित गन्तव्यका रुपमा स्थापित गर्नका लागि कम्तीमा ५० स्रोत बजारमा प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने बोर्डले जनाएको छ।
बोर्डले सार्वजनिक गरेको बजेटले पर्यटक आगमन बाट हुने आम्दानी पर्यटन सेवा शुल्क गत आर्थिक बर्षको तुलनामा ३२ प्रतिशत वृद्धि हुने अनुमान गरिएको जनाएको छ। बोर्डको बचत १९ करोड ८५ लाख र टिम्स बचत २ करोड २० लाख जोडेर बजेट सार्वजनिक गरेको जनाएको छ।