ढोरपाटन घुम्ने आन्तरिक पर्यटकको संख्यामा वृद्धि

साउन ११ काठमाडौं ।
ढोरपाटन घुम्ने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ।

बागलुङको ढोरसिकार आरक्ष कार्यालयको अनुसार नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन घुम्ने आन्तरिक पर्यटकको संख्यामा बर्सेनि वृद्धि भएको जनाएको छ।

ढोरपाटन घुम्ने पर्यटकको संख्यामा गत एक वर्षमै आठ हजारले वृद्धि भएको जनाएको हो। आर्थिक वर्ष २०८१, ०८२ मा पर्यटकको संख्या ८ हजारले बढेर २३ हजार ६९२ पुगेको जनाएको छ।

आघिल्लो आर्थिक बर्षमा १५ हजार ५७३ पर्यटकले ढोरपाटा भ्रमण गरेका थिए। जसमा सार्क मुलुकका नागरिक १२ जना, विदेशी नागरिक २१३ जना र अन्य पर्यटक आन्तरिक नै भएको उल्लेख गरेको छ।

ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको संख्या बर्सेनि बढ्दै गएको ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीले बताएका छन्।

पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै राजस्वमासमेत वृद्धि भएको छ। ढोरपाटन पुग्ने नेपाली पर्यटकले एक सय प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ। भने गत आर्थिक बर्षमा मात्रै २० लाख भन्दाबढी राजस्व पर्यटकको प्रवेश शुल्कबाट संकलन भएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *