चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा ६८ छावा

साउन ११ काठमाडौँ ।
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा ६८ छावा जन्मिएका छन्।

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा हालसम्म ६८ वटा छावा जन्मिएको जनाएको छ। २०४४ सालमा भारत, थाइल्यान्ड र म्यानमार बाट २० वटा हात्ती ल्याएर हात्ती प्रजनन केन्द्र सुरु गरिएको थियो।

२०४९ यता हालसम्म ६८ वटा छावा जन्मिएकोमध्ये ३९ भाले र २९ वटा पोथी जन्मिएकोमा सात वटाको मृत्यु भइसकेको र हाल चितवन राष्ट्रिय निकुञ्जभित्र ५८ वटा हात्ती रहेको बताएका छन्।

पछिल्लो समय जन्मिएका ७ वटा छावा प्रजनन केन्द्रमा रहेको हात्तिलाई तालिम दिएपछि निकुञ्ज सुरक्षार्थ विभिन्न ठाउँमा रहेका पोस्टमा पठाउने गरिन्छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *