साउन ११ काठमाडौं ।
कम्बोडिया र थाइल्याण्डबीच युद्धविराम गर्ने सहमति भएको छ। दुई देशबीच सिमानामा तनाव उत्पन्न भएपछि दुई देशले एक अर्कको सैन्य संरचनामा हवाई आक्रमण गरेका थिए।
अमेरिकी मिडिया सिएनएनले उल्लेख गरे अनुसार कम्बोडिया र थाइल्याण्डबीच युद्धविराम गर्ने सहमति भएको जनाएको छ।
दुई देश बीचको सेनले युद्धविराम गर्ने सहमति भएको जनाएको हो। युद्धविराम पछि दुई देशका नेताहरू चाँडै वार्तामा बस्ने तय भएको पनि सिएनएनले जनाएको छ।
दुई देश बीच चार दिन सम्म हवाई आक्रमण हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार नै युद्धविराम गर्ने सहमतिमा पुगेको घोषणा गरेका थिए।
Post Views: 7