वीरगन्ज नाका बाट नेपाली उत्पादित मालसामानको निर्यात बढ्दो

साउन ९ काठमाडौं।
वीरगन्ज नाका बाट नेपाली उत्पादित मालसामानको निर्यात बढेको छ। आर्थिक वर्ष २०८१,०८२ मा २ सय २७ प्रतिशतले बढी मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात बढेको हो।

नेपालमा उत्पादित मालसामान भारत तथा तेस्रो मुलुक गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको सामान निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै अघिल्लो आर्थिक वर्षको भन्दा २ सय २७ प्रतिशत अर्थात ७० अर्ब ७९ करोड रुपैयाँ बढी मूल्यको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुकमा निर्यात भएको छ।

६१ अर्ब ४५ करोड रुपैयाँ मूल्यको २९ करोड १४ लाख ९१ हजार लिटर भटमासको प्रशोधित तेल र ९ अर्ब २६ करोड रुपैयाँ मूल्यको ४ करोड १५ लाख लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ।

७ अर्ब ६९ करोड रुपैयाँ बराबरको ८ करोड १ लाख ३४ हजार लिटर फलफूलको जुस, ५ अर्ब ३७ करोड रुपैयाँ, २ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ सेन्थेटिक यार्न, २ अर्ब ७९ करोड २८ लाख रुपैयाँ मूल्य बराबरको विभिन्न कपडा र फलाम तथा फलामका सामग्रीहरू निर्यात भएको जनाएको छ।

२ अर्ब २० करोड ५४ लाख रुपैयाँ बराबरको ४ करोड ७९ लाख केजी पशु आहारको कच्चा पदार्थ र १ अर्ब २० करोड रुपैयाँ मूल्य बराबरको ६ लाख ७९ हजार केजी कुकुर र बिरालोले खाने खाना पनि निर्यात भएको छ।

त्यस्तै कूल निर्यातको ९४ दशमलव ८५ प्रतिशत मालसामान भारत, अमेरिकामा २ दशमलव ४४९ प्रतिशत अर्थात २ अर्ब ५३ करोड रुपैयाँको सामान र अफगानिस्तानमा ७१ करोड ७६ लाख र क्यानेडामा २६ करोड ११ लाखको सामग्रीहरू निर्यात भएको छ।

जर्मनीमा २२ करोड ३७ लाख, अष्ट्रेलियामा २० करोड ७५ लाख र साउदी अरेबियामा २० करोड ४४ लाख रुपैयाँ बराबरको नेपाली सामान निर्यात भएको वीरगन्ज भन्सार कार्यालयका जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *