नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिदै

साउन ९ काठमाडौं ।
नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिने भएको छ।

उपल्लो डोल्पामा व्यापार गर्न उद्देश्यका साथ यही साउन २५ गते देखि भदौ १३ गतेसम्म मोरिम्ला नाका खुला गरिने भएको हो। उपल्लो डोल्पाको तीन पालिकाका लागि मोरिम्ला नाका प्रत्येक वर्ष एक पटक खोलिँदै आएको छ।

शे–फोक्सुण्डो गाउँपालिकाको उपाध्यक्ष पेम्मा वाङछेन गुरुङका अनुसार चीनको सिगात्से काउन्टी अन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरू सँग छलफल भई सीमा क्षेत्र खोल्ने निर्णय भएको जानकारी दिएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीको अनुसार यस वर्ष सीमा पार गरेर व्यापार गर्न दुई हजार २०० जनाले सीमा प्रवेश ‘पास’ लिएको बताएका छन्।

यस अवधिमा सीमानाकासम्म सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिने भएको छ। भने २० दिन सम्म खुल्ने मोरिम्ला नाका बाट उपल्लो डोल्पावासीले दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विभिन्न मेसिनरी सामग्री खरिद गर्ने गर्छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *