कोशी प्रदेशको १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु

साउन ९ काठमाडौं ।
कोशी प्रदेशको १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु भएको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडको अनुसार प्रदेशको दुई हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भईसकेको जानकारी दिएका छन्।

कोशी प्रदेशमा ९० देखि १०० मेट्रिक टन कफीको दाना उत्पादन, बजार मूल्य लगभग रु. २० करोड रहेको र उत्पादित कफीको आधाभन्दा बढी परिमाण विदेश निर्यात हुने गरेको जनाएको छ। नेपालमा ५०० मेट्रिक टन कफी उत्पादन हुँदै आएकामा कोशी प्रदेशको २० प्रतिशत योगदान रहेको छ।

कोशी प्रदेशको सबैभन्दा बढी कफी उत्पादन इलाममा दुई हजार बढी किसानले ९०० हेक्टरमा कफीखेती गर्दै आएकोमा ५० मेट्रिक टनको हारकारीमा कफीको दाना उत्पादन हुने गरेको छ। बोर्डको तथ्याङ्कअनुसार धनकुटामा ७५०, मोरङमा ५०० र पाँचथरमा ३५० हेक्टरमा विस्तार गरिएको जनाएको छ।

गत आर्थिक वर्ष २०८१, ८२ मा कोशी प्रदेशका २४ वटा स्थानीय तहमा ११० हेक्टरमा कफीखेती विस्तार गरिएको र त्यसका लागि बोर्डले रु दुई करोड ३७ लाख बजेट खर्च गरेको बोर्डले जनाएको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको अनुसार इलाम, धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुम, उदयपुर, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्लामा व्यावसायिक रुपमा कफीखेती भइरहेको उल्लेख गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *