साउन ८ काठमाडौं ।
मनाङमा आयुर्वेदिक जडीबुटी निर्यात बढ्दा राजस्वमा पनि वृद्धि भएको छ। गत वर्षको तुलनामा मनाङ बाट आयुर्वेदिक औषधीय गुण भएको जडीबुटी निर्यात बढ्दै गएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईको अनुसार आर्थिक वर्ष २०८१, ८२ मा यार्सागुम्बा, वन लसुन र जिम्बु निर्यातबाट रु.३५ लाख ९१ हजार ९४० राजश्व सङ्कलन गरिएको जनाएको छ।
इकाई कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार यार्सागुम्बा निर्यात गरेबापत रु ३४ लाख ८५ हजार ९०, वन लसुन ३ हजार १८६ दशमलव ३०० किलोग्रामको रु ९७ हजार ७५० र जिम्बु ९१० किलोग्राम निकासी गरेबापत रु ९ हजार १०० राजश्व सङ्कलन भएको बताएका छन्।
यार्सागुम्बा टिप्न जिल्लाका ४८८, बाह्य एक हजार ३६, वन लसुनका लागि २१४ स्थानीय र ७१५ बाह्य व्यक्तिले पुर्जी लिएको जानाकारी दिएका छन्।
गत वर्षको तुलनामा केही जडीबुटी निकासी नगरिँदा पनि परिमाण वृद्धि हुँदा राजश्व बढेको प्रमुख भुजेलले बताएका छन्। हिमाली जिल्ला मनाङ औषधीय जडीबुटी उत्पादनको प्रमुख केन्द्र मानिन्छ।