इजरायलले गर्यो गाजाको अल बुरेज शरणार्थी शिविरमा आक्रमण

साउन ७ काठमाडौं ।
इजरायलले गाजाको अल बुरेज शरणार्थी शिविरमा आक्रमण गरेको छ।

इजरायलले गाजा सहरको अल बुरेज शरणार्थी शिविर र राफाह सहरमा हवाई आक्रमण गर्दा १९ प्यालेस्टिनीको मृत्यु र दर्जनौं घाइते भएको जनाएको छ।

इजरायली लडाकु विमानले गाजा सहरको उत्तरपश्चिमी भागमा रहेको एउटा घरलाई निशाना बनाई आक्रमण गरेको थियो।

स्थानीय स्रोतले जनाए अनुसार इजरायली लडाकु विमानले गाजा सहरको उत्तरपश्चिमस्थित आवासीय घरमा प्रहार गरेको बम घटनास्थलमा पुगेको एम्बुलेन्समा लागेपछि ठूलो संख्यामा रहेका मानिसहरु आक्रमणको सिकार भएको जनाइएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *