एसियाली विकास बैंक (एडीबी)ले सार्वजनिक गर्यो ५ वर्षे राष्ट्रिय साझेदारी रणनीति

साउन ७ काठमाडौं ।
एसियाली विकास बैंक (एडीबी)ले ५ वर्षे राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गरेको छ। नेपालको लागि एडीबी सञ्चालका समिति बाट स्वीकृत साझेदारी रणनीति आगामी पाँच वर्ष (२०२५–२०२९) को रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको हो।

अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्मा, नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वा र विश्व बैंकका तर्फ बाट मालदिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स म्यानेजर प्रीति अरोराले राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गरेका हुन्।

रणनीति आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका, युवाका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपद् उत्थानशीलतामा केन्द्रित रहेको उल्लेख गरेकाे छ।

एडीबीले नेपालमा पहिलो पटक विश्व बैंक समूहसँग संयुक्त रूपमा राष्ट्रिय साझेदारी फ्रेमवर्क तयार पारेको र यो सहकार्यमा आधारित विकास योजना महत्त्वपूर्ण कोशेढुंगा सावित भएको एडीबीले जनाएको छ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एडीबीको नयाँ राष्ट्रिय साझेदारी रणनीति सार्वजनिकीकरणसँगै ६ दशक लामो साझेदारीमा नयाँ अध्याय सुरुवात भएको बताएका छन्।

एडीबीका प्रमुख अर्थशास्त्री इयान ह्यान्सन र कार्यक्रम अधिकृत सृजना राजभण्डारीले राष्ट्रिय साझेदारी रणनीतिका मुख्य रणनीतिक प्राथमिकता र प्रमुख परियोजना प्रस्तुत गरेका थिए।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *