आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले प्रश्नको जवाफ दिने

साउन ७ काठमाडौं ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदहरुले सोधेको प्रशको जवाफ दिने भएका छन्।

संसद सचिवालयको अनुसार बैठकमा राष्ट्रपति कार्यालय बाट मन्त्री पदमा नियुक्तसम्बन्धी पत्र सभामुखले वाचन गर्नेछन्। भने राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियो भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचि रहेको छ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ’विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सूची रहेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *