भक्तपुरको मध्येपुरमा भेटियो नयाँ प्रजातिको चरा

साउन ७ काठमाडौँ ।
भक्तपुरको मध्येपुर ठिमी मनोहरा फाँटमा नयाँ प्रजातिको चरा भेटिएको छ। नेपालका लागि नयाँ प्रजातिको चरा ‘साइबेरियन स्यान्ड प्लोभर’ अभिलेख गरिएको र नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ दिएको जनाएको छ।

चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेले चरा अवलोकनका क्रममा पहिलोपटक समुद्री सतहदेखि १,३१९ मिटरको उचाइमा अवस्थित उक्त क्षेत्रमा चरा देखापरेको बताएका छन्।

कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीका अनुसार विवरणको अध्ययन, अन्तर्राष्ट्रिय पन्छीविद्सँग परामर्शपछि यो चरा नयाँ प्रजातिको रूपमा पुष्टि गरिएको बताएका हुन्।

साइबेरियाली राजपुत्रिका चराको मूल वासस्थान साइबेरिया हो। बसाइँसराइका क्रममा चीन, जापान, कोरिया, इन्डोनेसिया, अस्ट्रेलिया, हङकङ, मलेसिया, र टिमोर लगायतका देशहरूमा समेत देखिएको छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्गठनको ‘रेड लिस्ट’ अनुसार यो चरा लोपोन्मुख सूचिमा परेको प्रजाति हो। नयाँ अभिलेखसँगै नेपालमा पाइने चराको कुल प्रजाति सङ्ख्या ९ सय २ पुगेको छ।

टोलीले फोटो खिचेर प्रारम्भिक पहिचान गरेपछि नेपाल बर्ड रेकर्ड कमिटीमा विवरण पेस गरिएको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *