साउन ६ काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चीनयाँ प्रतिनिधिमण्डल बिच भेट भएको छ।
आज चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट भएको हो।
प्रधानमन्त्री निवास बालुुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध, दुुईपक्षीय समझदारी र दुई देशबीच उच्चस्तरीय भ्रमणका अवसरमा यस अघि भएका विकास सहकार्यका सम्झौता कार्यान्वयनलगायतका विषयमा विचारविमर्श भएको जनाएको छ।
भेटका क्रममा आकस्मिक बाढीका कारण रसुवागढीस्थित दुई देशको नाकामा क्षति भएको भौतिक संरचनाको निर्माण गर्न चीनले प्राथमिकता दिएकोमा चीन सरकारलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले नेपाली पक्षबाट पनि आवश्यक तदारुकता दिइएको जानकारी दिएका छन्।
प्रतिनिधिमण्डलले चीन सरकारको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाका बारेमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेलसँग पनि छलफल गरेको जनाएको छ।